निषेधाज्ञामा कडाइ, खाद्यान्न पसल पनि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न पसल पनि एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको जानकारी दिए ।
प्रजिअ पराजुलीले भने, ‘‘खाद्यान्न पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौं त्यसकारण कडाइका साथ सबै अत्यावश्यक खाद्यान्न पसल सबै बन्द हुनेछन् ।”
प्रजिअ पराजुलीका अनुसार काठमाडौं उपत्यकामा औषधि, दुध, तरकारी बिहान ९ बजेसम्म खुल्ने त्यसबाहेकका पसल खोल्न पाइनेछैन। यसअघि खुद्रा पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। अब सबै बन्द गरिने निर्णय गरेको हो । किरना पसलहरु समेत एक हप्ताका लागि बन्द हुनेछ ।
निमार्णसम्बन्धीका कार्यहरु सबै स्थगन हुने समेत पराजुलीले बताए । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ । मृत्यु संस्कार, विवाहलगायत सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ ।
विवाहका लागि एउटा सवारी साधन मात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रु अनुमति दिइने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।



















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया