कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त
मेरोन्यूज
२०७८ जेठ ११ गते १९:२०

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माको आज आएको रिपोर्टमा उनी कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
प्रवक्ता शर्माले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिए । उनले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने स्मरण सुनाए ।
काँग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया