चेम्बर अफ कमर्स चितवनले सुरु गर्यो टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा

चितवन । कोरोना सङ्क्रमण ग्रामीण क्षेत्रसम्म फैलिएपछि चेम्बर अफ कमर्स चितवनले टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा शुरु गरेको छ । चेम्बरले १६ जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेर सेवा शुरु गरेको हो ।
चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार विभिन्न विधाका १६ चिकित्सकको नम्बर सार्वजनिक गरिएको छ । फिजिसियन, प्रसूतिरोग, सर्जन, हाडजोर्नी, मनोरोग, बालरोगलगायतका विधाका चिकित्सकको नम्बर सार्वजनिक गरिएको हो । संस्थाले नयाँ मोबाइल नम्बर उपलब्ध गराएको हो । ती चिकित्सकको नाम सामाजिक सञ्जाल र विज्ञापन गरी ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणलाई उपलब्ध गराइएको छ । सोमबारबाटै सेवा शुरु भएको छ । रेडियो कार्यक्रममार्फत पनि सेवा दिइएको छ ।
उनले भने “चिकित्सकलाई टेलिफोन आइरहेको छ ।” कोभिड सङ्क्रमणसँगै जिल्लामा निषेधाज्ञा भएपछि सर्वसाधारण चिकित्सकसम्म पुग्न नसक्ने अवस्था आएपछि चेम्बरले यो अभियान सञ्चालन गरेको हो । स्वास्थ्यसम्बन्धी जुनसुकै समस्या भएपछि चिकित्सकको परामर्श लिन सकिने छ । सर्वसाधारणले आफूलाई भएको रोगका आधारमा चिकित्सकसँग परामर्श गर्न सक्नेछन् ।
सामान्य अवस्थामा अस्पताल आउन नपर्ने गरी सेवा दिन लागिएको श्रेष्ठले बताए । निषेधाज्ञा लागेपछि अस्पतालका बहिरङ्ग सेवा बन्द छन् । शहरका अस्पतालसम्म आउन सवारी साधनको अभाव छ । दीर्घरोगीहरुको औषधिसमेत सकिएकाले यो अभियान प्रभावकारी हुने जनाइएको छ । अधिकांश संक्रमित होमआइसोलेशनमा रहेकाले पनि सेवा प्रभावकारी हुने श्रेष्ठ बताए ।
यसैगरी चेम्बरले भरतपुरको कालिका एफएम र सिनर्जी एफएममा चिकित्सकसहित कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रममा बिरामी वा संक्रमितले आफ्नो परिचय गोप्य राखेरै समस्या राख्न सक्नेछन् । उनका अनुसार अन्य रेडियोहरूमा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ ।रासस













खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया