अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए ।
अस्पतालका प्रमुख डा वसन्तराज जोशीका अनुसार अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेकामा नौवटा कोरोनाका बिरामीको उपचारमा प्रयोग भइरहेका छन् ।
यसैबीच नेपाल इञ्जिनीयर्स एशोसिएशन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गरेको छ । अस्पतालका खाली सिलिण्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो । एशोसिएशनले भरेर पठाएका सिलिण्डर दशरथचन्द नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले अस्पतालका प्रमुख डा.वसन्तराज जोशीलाई हस्तान्तरण गरेका हुन् ।रासस
















सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया