कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगर र बिध ल्याबबीच समझदारी

काठमाडौं । कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगरपालिका र बिध ल्याबबीच समझदारी भएको छ । समझदारीअनुसार युएनपार्कमा रहेको बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ ।
बिधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने छ ।
संक्रमण बढेर भविश्यमा अन्य अक्सिजनसहितको सिलिण्डर आवश्यक परेमा बिध ल्याबले महानगरलाई सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको छ । कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ ।
समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र बिध ल्याबको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले हस्ताक्षर गरेका छन् । महानगर क्षेत्रभित्र होम आइसोलेनसमा रहेको संक्रमितलाई बिध ल्याबले स्वास्थ्य सेवा पु¥याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो । उक्त ल्याबले छिट्टै काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताए । रासस


















सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया