भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, १ तला माथिबाट हामफालेर ज्यान जोगाए

काठमाडौं । । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।
अस्पतालका डा दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मी र चिकित्सकमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका हुन्। उनले भने, उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि ति मृतकका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि ज्यान जोगाउन एक तला माथिबाट हाम फाले भाग्नुपर्ने अवस्था आयो ।”
मृतकका आफन्तले अस्पताल वार्डभित्रै प्रवेश गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रम गरेका थिए ।
उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा.गुप्ताले जानकारी दिए । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार गरेको अस्पताालले जनाएको छ । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया