शुक्रबार, फागुन १५, २०८२

आईएफसीले गर्‍यो एक अर्ब लगानी

मेरोन्यूज २०७८ जेठ १४ गते १५:१९

काठमाडौं । अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले साना ताथ मध्यम आकारका उद्यमहरुमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य सेवा, नवीकरणीय उर्जा, प्रविधि र अन्य महत्वपूर्ण क्षेत्रमा रहेका साना व्यवसायहरुलाई सहयोग साथै नेपालमा आर्थिक पुनरुत्थानमा मद्दत पुर्याउने उद्देश्यले आईएफसीले डोल्मा इम्प्याक्ट कोष २ मार्फत लगानी गर्न लागेको हो ।

नेपालको विकासका लागि साना तथा मध्यम उद्यमलाई प्रमुख इञ्जिनको रुपमा लिइने गरेकोले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २० प्रतिशत योगदान दिएको छ । यसले ६० प्रतिशत रोजगारी सिर्जना गरेको छ । आईएफसीका अनुसार, हाल नेपालका एसएमईहरु मध्ये केवल ३९ प्रतिशतको मात्र वित्तीय पहुँच छ ।

आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबाकार एस फायेले डोलमा जस्ता निजी इक्विटी कोषमार्फत सहयोग गर्न लागेको बताउँदै यसले नेपाली कम्पनीहरूका लागि पुँजीको महत्वपूर्ण स्रोत हुन सक्ने र यस्ता लगानीबाट महामारीको प्रभावसँग संघर्ष गरिरहेका व्यवसायहरुलाई पनि सहयोग पुग्ने बताए ।

डोल्मा कोषले सम्भावित कम्पनीमा लगानीका लागि प्रकृया अघि बढाएको पनि छ । “डोल्मा फण्ड व्यवस्थापन नेपालमा केन्द्रित पहिलो निजी इक्विटी कोष प्रबन्धक हो । आईएफसीको इक्विटी लगानीमा अन्तर्राष्ट्रिय विकास संघको निजी क्षेत्र विन्डोबाट ५० लाख डलर समावेश छ, जुन कम आय भएका देशहरूमा निजी क्षेत्रको लगानी उत्प्रेरित गर्न सिर्जना गरिएको हो ।

नेपालका लागि आईएफसी आवासीय प्रतिनिधि, बाबाकार एस फायेले नेपालजस्तो उदाउँदो बजार जहाँ यसको कमी छ, पुँजी उपलब्ध गराएर निजी इक्विटी कोषले स्थानीय व्यवसायीलाई उनीहरुको काम विस्तार गर्न, थप रोजगारी सिर्जना गर्न र सेवा प्रदान गर्न मद्दत हुने दाबी गरे ।

नेपालमा आईएफसीले निजी इक्विटीमा गरेको दोस्रो लगानी हो । २०१५ मा आईएफसीले बिजिनेस अक्सिजनमा ७० लाख डलर लगानी गरेको थियो । जुन पछि २०१७ मा थप ७३ लाखले डलरले बढेको थियो । आईएफसीको अहिलेको नेपाल पोर्टफोलियो ५० करोड ५० लाख डलर छ ।

प्रतिक्रिया