भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
मेरोन्यूज
२०७८ जेठ १४ गते १६:३५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै कोभिड महामारीमा पेशागत धर्म निभाएर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको यस्तो सांघातिक हमला लज्जास्पद भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आगामी दिनमा स्वास्थ्यकर्मीलाई मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाइदिन पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
अस्पतालमा स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी ऐन २०७२ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
सम्बन्धित
















सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया