निर्वाचनका लागि सबै दल सरकारमा आउनुहोस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै निर्वाचन निष्पक्ष, धाँधलीरहित हुनेमा शंका लागे सरकारमा आउन सबै राजनीतिक दललाई आह्वान गरेका छन् । देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गरेका हुन् ।
‘ताजा जनादेशमा जानु प्रतिगमन होइन,’ प्रधानमन्त्रीले भने, ‘निर्वाचनका लागि शंका लागे आउनुहोस् सबै दल सरकारमा सहभागी हुनुहोस् ।’
आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रतिनिधिसभा पूरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पूरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने बताए ।
उनले पार्टीभित्रको अन्त्रकलह मिलाउन आफूले सक्दो प्रयास गरेपनि केही नेताहरुको स्वार्थ केन्द्रीत गतिविधिका कारण त्यो सम्भव नभएको बताए ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया