आज कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला गर्दै
मेरोन्यूज
२०८२ कार्तिक २८ गते ९:४१

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला गर्न लागेका छन् । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो ।
विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ ।
उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।
केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारदेखि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने जनाइएकाे छ।
सम्बन्धित









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
प्रतिक्रिया