चालु आर्थिक वर्षमा ५० हजारले पाए रोजगारी

काठमाडौं । सरकारले चालू वर्षमा ४८ हजार बेरोजगारलाई पूर्ण रोजगारी दिएको दाबी गरेको छ ।
आर्थिक सर्वेक्षण २0७७/७८ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हालसम्म ४८ हजार ७ सय ८१ जनलाई पूर्ण रोजगारी दिएको जानकारी गराएका हुन् । गत वर्ष कोभिड केन्द्रित बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारीलाई प्राथमिकता दिएका थिए ।
विभिन्न किसिमका कार्यक्रममार्फत ८ लाख बढीलाई रोजगारी दिइने लक्ष्य बजेटमार्फत राखिए पनि हालसम्म आंशिक रोजगारी ४ लाख ४३ हजार ४ सय ६७ जनालाई र पूर्ण रोजगारी ४८ हजार ७ सय ८१ जनालाई दिइएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षमा अर्थतन्त्रका कुनै पनि क्षेत्र ऋणात्मक नहुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमतन्त्रमा मुख्य योगदान पु¥याउने प्रथम कृषि, द्वितीय उद्योग क्षेत्र र तृतीय सेवा क्षेत्र सबैको बढोत्तरी हुने अनुमान गरेको छ ।
चालू वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत उद्योग क्षेत्रको वृद्धिदर ५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको छ । त्यस्तै, समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २५.८ उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१ प्रतिशत हुने अनुमान गरिएको छ ।
देशको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब रुपैयाँको पुग्ने अनुमान गरिएको छ । जसमा बागमती प्रदेशको योगदान ३७ प्रतिशत र कर्णाली प्रदेशको योगदान ४ प्रतिशत हुने अनुमान गरिएको छ । यो आंकलन चालू वर्षको ९ महिनामा आधारित हो ।
यो पनि पढ्नुहोस्
आर्थिक वृद्धि केही कम हुन सक्छ : अर्थमन्त्री


















अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया