जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

टाेकियाे । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ ।
जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् ।
यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् । सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । सङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो ।
जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड–१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो । कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरूलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ ।
स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सममेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ ।

















पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया