शिक्षामा बजेट बढ्यो
मेरोन्यूज
२०७८ जेठ १५ गते १७:३८

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ८० अर्ब ४ करोड बजेट बिनियोजन गरिएको छ । जुन ४ वर्षयताकै बढी हो । गत वर्ष शिक्षालाई १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो ।
बजेटको कुल आकार खुम्चिँदा पनि शिक्षाको विनियोजन बढाइनुले यो क्षेत्रलाई सरकारले महत्व दिएको प्रष्ट हुन्छ ।
दश वर्ष पहिले शिक्षामा कुल बजेटको १७ प्रतिशत हिस्सा थियो । तर बजेट घट्दै गएर आव २०७४/०७५ मा १० प्रतिशतमा झरेको थियो । त्यसयता भने क्रमशः बजेट बढ्न थालेको छ । त्यस हिसाबले हेर्दा शिक्षा क्षेत्रको बजेटलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया