कुल बजेटको ७.४५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन
यस्तो छ १० वर्षको स्वास्थ्यको बजेट

काठमाडौं । सरकारले कुल बजेटको ७.४५ प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ । यो हालसम्मकै बढी हो । आर्थिक वर्ष २०७८/८९ का लागि समग्रमा कुल १६ खर्ब ४७ अर्व ५७ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।
आगामी आवको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्व ७७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
उनले कोरोना महामारी नियन्त्रणको लागि उच्च प्राथमिकतामा राखिएको बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुझावअनुसार नै कुल बजेटको १० प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रका लागि विनियोजित हुने अनुमान गरिएको थियो । तर स्वास्थ्य क्षेत्रमा चालु आवको भन्दा केही बजेट वृद्धि भए पनि १० प्रतिशत पुगेको देखिएन ।
चालु आव स्वास्थ्य क्षेत्रका लागि ९० अर्व ६९ करोड रुपैयाँ विनियोजन गरिएको थियो । आगामी आवका लागि ३२ अर्व बजेट वृद्धि भएको हो ।
१ खर्ब २२ अर्व ७७ करोड कहाँ खर्च हुन्छ ?
१.एचडियू, आइसीयू, कोभिड–१९ टेष्ट किट लगायत कोभिड उपचार सामग्री खरिदमा ४ अर्व
२.अस्पताल नभएका पालिकाहरुमा अस्पताल खोल्न ६ अर्व ५० करोड
३. कोभिड–१९ विरुद्धको खोपका लागि २७ अर्व २५ करोड
४.कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि रु २६ अर्व ७५ करोड
५.केन्द्रमा ३०० बेड र प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापनाका लागि १ अर्व ३० करोड
६.मुटुरोग (७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक), पार्किन्सन, स्पाइनल कर्ड इन्जुरी उपचारका लागि २ अर्व ५० करोड
७. स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्व ५० करोड
८. सबै सरकारी अस्पतालमा कोभिडको परीक्षण र उपचार निःशुल्क
५. अक्सिजन प्लान्ट जडानका लागि आवश्यक पर्ने उपकरण खरीद गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पुरै छुट
६. सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पूँजीगत अनुदान दिइने
७. कोभिड रोग नियन्त्रणका लागि ३७ अर्व ५३ करोड
८. औषधि खरिदका लागि ५ अर्व ६० करोड
९. महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता शतप्रतिशत वृद्धि
१०. कोभिड अवधिभरी अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत् महसुलमा ५० प्रतिशत छुट ।
११. उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत भत्तासहित एकवर्षे करार सेवामा लिने
१२. आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने ।
१९. रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न १ अर्व २८ करोड
२०. कान्ति बाल अस्पताललाई ३४ करोड
२१. सहिद गंगालाल हृदयरोग अस्पताललाई ५८ करोड
२२. कोरोना नियन्त्रणका लागि सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क सञ्चालन
पछिल्ला १० वर्षको स्वास्थ्यका बजेट
स्वास्थ्य क्षेत्रमा १० वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन भएको बजेट अहिले सम्मकै उच्च हो । आर्थिक वर्ष २०७८/७९ का लागि १ खर्व २२ अर्व ७७ करोड विनियोजन भएको छ ।
आर्थिक २०६८/६९ मा २४ अर्व ९३ करोड, आव २०६९/७० मा २७ अर्व, आव २०७०/०७१ मा ३० अर्व ४३ करोड, आव २०७१/७२ मा ३३ अर्व ५१ करोड बजेट विनियोजन भएको थियो ।
यसैगरी, आव २०७२/७३ मा ३८ अर्व २५ करोड, आव २०७३/०७४ मा ४० अर्व ५६ करोड, आव २०७४/०७५ मा ४६ अर्व ६८ करोड, आव २०७५/०७६ मा ५६ अर्व ४२ करोड, आव २०७६/०७७ मा ६८ अर्व ७८ करोड र चालु आवमा ९० अर्व ६९ करोड रुपैयाँ विनियोजन भएको थियो ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।









Gold and silver price continues upward trend
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते
Saudi Arabia’s ambassador pays farewell call on President Paudel
ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
प्रतिक्रिया