अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ईराकसँग ६-२ गोलले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ईराकसँग ६-२ गोल अन्तरले पराजित भएको छ । बसरा रंगशालामा गएराती भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो ।
खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनाएको थियो । तर त्यसलाई नेपालले लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ गोलले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका थिए । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो ।
आफ्नो डेब्यु खेलमा मनिष डाँगीले ३० औं मिनेटमा नेपालका लागि गोल गरे । २–१ ले पछि परेको ईराक ४० मिनेटमा खेलमा फर्कियो। मोहम्मद अब्दुल्लाहले कर्नरमा हेड गोल गर्दै खेल बराबरी गरे । त्यसपछि ४१ मिनेट र पहिलो हाफको थप गरिएको समयमा अयमन हुसेनले लगातार दुई गोल गरे ।
दोस्रो हाफमा अली अलसम्मरी र सज्जदा जसमीले एक एक गोल थपेका थिए ।
विश्वकप छनोटको तयारीमा रहेको फिफा वरीयताको १ सय ७१ औं स्थानमा रहेको नेपाली फुटबल टिमले १ सय ३ स्थानमाथिको इराकविरूद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।
त्यस्तै राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी को नेतृत्वमा नेपालले पहिलोपल्ट खेलेको हो । नेपालले यसअघि इराकसँग ३ पटक खेलेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा नेपाल इराकसँग ३–० ले हारेको थियो ।
त्यस्तै विश्वकप छनोटअन्तर्गत सन् २००१ मा नेपाल इराकसंग ९–१ र ४–२ ले हारेको थियो ।


















लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया