अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ईराकसँग ६-२ गोलले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ईराकसँग ६-२ गोल अन्तरले पराजित भएको छ । बसरा रंगशालामा गएराती भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो ।
खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनाएको थियो । तर त्यसलाई नेपालले लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ गोलले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका थिए । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो ।
आफ्नो डेब्यु खेलमा मनिष डाँगीले ३० औं मिनेटमा नेपालका लागि गोल गरे । २–१ ले पछि परेको ईराक ४० मिनेटमा खेलमा फर्कियो। मोहम्मद अब्दुल्लाहले कर्नरमा हेड गोल गर्दै खेल बराबरी गरे । त्यसपछि ४१ मिनेट र पहिलो हाफको थप गरिएको समयमा अयमन हुसेनले लगातार दुई गोल गरे ।
दोस्रो हाफमा अली अलसम्मरी र सज्जदा जसमीले एक एक गोल थपेका थिए ।
विश्वकप छनोटको तयारीमा रहेको फिफा वरीयताको १ सय ७१ औं स्थानमा रहेको नेपाली फुटबल टिमले १ सय ३ स्थानमाथिको इराकविरूद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।
त्यस्तै राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी को नेतृत्वमा नेपालले पहिलोपल्ट खेलेको हो । नेपालले यसअघि इराकसँग ३ पटक खेलेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा नेपाल इराकसँग ३–० ले हारेको थियो ।
त्यस्तै विश्वकप छनोटअन्तर्गत सन् २००१ मा नेपाल इराकसंग ९–१ र ४–२ ले हारेको थियो ।












जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया