करण केसीलाई एक खेलमा प्रतिबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।
विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।
क्यानले अम्पयारको विषयमा सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावनाविपरित भएको भन्दै प्रतिबन्ध गर्नुका साथै खेलको शतप्रतिशत म्याच शूल्य जरिवाना गर्ने निर्णय गरेको हो।
शनिबार करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै क्यानले कारबाही गरेको हो ।
‘नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,’ क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया