लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा उपनिर्वाचन, गठबन्धनका उम्मेद्वार पाण्डेय विजयी हाेलान् ?
निर्वाचनकाे अघिल्लाे दिन मतदाता नामावली सच्चयाइएकाे भन्दै चार दलकाे आपत्ति
काठमाडाैं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभाकाे एक रिक्त पदका लागि आज उपनिर्वाचन हुँदैछ । प्रदेश राजधानी दाङकाे कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । मतदान बिहान ९ देखि अपराह्न ३ बजेसम्म चल्ने निर्वाचन कार्यालय दाङले जनाएकाे छ ।
निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट दिर्घनारायण पाण्डेय प्रतिस्पर्धामा उत्रिएका छन् ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभामा विजयी चन्द्रबहादुर खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरेपछि उक्त पद रिक्त रहेकाे थियाे ।
एमालेले खड्कालाई नै उम्मेद्वार बनाएकाे हाे । विपक्षी दल गठबन्धन बनाएर निर्वचनमा हाेमिएकाले खड्काले कडा प्रतिस्पर्धा व्यहाेर्नु पर्नेछ । लुम्बिनी प्रदेशसभा सदस्य ८३ तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।
यस अगाडि वाग्मती प्रदेशतर्फ यही जेठ ६ मा उपनिर्वाचन भएको थियो । त्यहाँ पनि माओवादीबाट जितेका रामबहादुर थापा (बादल) एमाले तिर लागेपछि माओवादीले उक्त पद रिक्त गराएको थियो । एमालेले त्यहाँ थापालाई नै उम्मेदवार बनाएपनि विपक्षी गठवन्धनका तर्फबाट एमालेकै माधव नेपालले प्रस्ताव गरेका डा खिमलाल देवकोटा विजयी भएका थिए ।
निर्वाचन आयाेग एमालेकाे विभाग बनेकाे विपक्षीकाे आराेप
यसैबीच, मतदानको अघिल्लो दिन मतदाता नामावली सच्याइएको भन्दै चार दलले आपत्ति जनाएका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्यका रुपमा जसपाका प्रदेशसभा सदस्य सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाता कायम गरेको थियाे ।
विपक्षी दलले निर्वाचन आयाेग केपी ओली नेतृत्वकाे एमालेकाे विभाग बनेकाे आराेप लगाएका छन् ।
उनीहरू चारै जनालाई पार्टी उल्लंघन गरेकाे भन्दै पार्टीले कारबाही गरेकाे थियाे । प्रदेश सभा सचिवालयले उनीलाई पार्टीले कारबाही गरेकाे भन्दै सांसद नरहेकाे सूचना जारी गरेकाे थियाे ।
तर उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । दायर रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले सांसद पदमा यथावत राख्न निर्देशन दिएको थियो । अदालतको आदेशपत्र प्राप्त हुँदा निर्वाचन कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा ती चारजनालाई मतदाता नामावलीमा सामेल गर्न नमिल्ने विपक्षी दलहरुले तर्क गरेका छन् ।














कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया