आइतबार, चैत १०, २०८१

रक्सी चोरेको आरोपमा असईसहित ३ जना प्रहरी निलम्बन

मेरोन्यूज २०७८ जेठ १७ गते ११:४२

काठमाडौँ । रक्सी चोरेर आरोपमा सिराहा प्रहरीले एक प्रहरी सहायक निरीक्षक (असई)सहित ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरी गरेको आरोप उनीलाई निलम्बन गरेको हो ।

लहान नगरपालिका २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले जानकारी दिए ।

निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकाले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान गरिएको हो ।

प्रतिक्रिया