कोरोना संक्रमित गर्भवतीले होम आइसोलेसनमा बस्दा के गर्ने ? डा मिश्राको सुझाव

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । गर्भावस्थामा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेको अवस्थामा गर्भवतीले उचित ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा संगिता मिश्रा कोरोना संक्रमण देखिएका गर्भवतीलाई छुट्टै कोठामा बस्न र छुट्टै शौचालयको प्रयोग गर्न सुझाव दिन्छिन् ।
गर्भवतीले शरीरमा अक्सिजनको मात्रा चार/चार घन्टाको अन्तरमा नाप्नुपर्ने उनको सुझाव छ । त्यस्तै बेलाबेला ज्वरो जाँच गर्ने गर्नुपछ । यदि ज्वरो आएमा सिटामोल खान सकिने उनको भनाइ छ ।
उनका अनुसार अन्य हल्का खोकी लाग्यो भने स्वास्थ्यकर्मीको परार्मश लिनुपर्छ । फलफूल, तरकारी, दूध, माछामासु, अन्डालगायत पोषणयुक्त खानेकुरा प्रशस्त खानुपर्छ ।
डा मिश्राले भनिन्, ‘आइसोलेसनमा बस्दा श्वासप्रश्वासमा समस्या देखियो वा अत्यधिक ज्वरो आएमा, शरीरमा अक्सिजनको मात्रा घटेमा तुरुन्तै अस्पताल जानुपर्छ ।”
पेट दुखिरहेको छ वा पेटमा बच्चा कम चलेको छ । तल्लो पेट दुखिरहेको तथा रगत बगिरहेको अवस्था भए भने तुरुन्तै अस्पताल जान उनले सुझाइन् ।


















विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया