एमालेमा नेता नेपाल र रावललाई हटाएर पार्टी एकताको तयारी

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बारेमा थप पहल हुने बताइएको छ ।
पार्टीबाट निष्कासन भएका वरिष्ठ नेता माधव नेपाल र भीम रावलबाहेकका नेपाल पक्षका दोस्रो पुस्ताका केही नेतासँग संवाद चलिरहेको अवस्थामा स्थायी कमिटी बैठक बस्ने भएको हो । बैठकले पार्टी एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावलसहित केही नेतालाई एकतामा ल्याउन चाहेका छैनन् । तर, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई सम्झाैता गरेरै भए पनि उनीहरूलाई पार्टीमा ल्याउने कोशिसमा छन् ।
तर, नेपाल पक्षका दोस्रो तहका नेताहरू पाण्डे, भुसाललगायले माधव नेपालसहित आफू पक्षका सबै नेतालाई समेट्न ओलीलाई दबाब दिइरहेका छन् ।
मंगलबारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्ने र अर्को पक्षले अनुशासनहीन गतिविधि राखे पनि एकता जोगाउने विषयमा निर्णय भएको थियो ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया