शनिबार, पुष १९, २०८२

कोरोनाका बीच नेपाल भित्रिनेभन्दा दुई गुणा बढी विदेश गए

मेरोन्यूज २०७८ जेठ १९ गते १२:१०

काठमाडौँ । गत मे महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्यांकअनुसार १२ हजार ४ सय जना नेपाल भित्रिएका हुन् ।

जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । यस्तै सोही अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । यो संख्या भित्रनेभन्दा दुई गुणा बढी हो ।

सो अवधिमा बाहिरिनेमध्ये ९ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम संख्यामा विदेशी नेपाल भित्रिएका छन् । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए ।

विभागको तथ्यांकअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।

प्रतिक्रिया