बिहीबार, पुष १७, २०८२

निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा

मेरोन्यूज २०८२ पुष १६ गते १३:३९

काठमाडौँ । फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्दसूचीमा परेका छन् ।

अभिनेता समेत रहेका श्रेष्ठ पार्टीको आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका हुन् ।

श्रेष्ठ पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरण गर्दै आएका छन् । फिल्म क्षेत्रसँगै राजनीतिमा पनि सक्रिय उनी हाल लोसपाको बागमती प्रदेश इन्चार्ज छन् ।

प्रतिक्रिया