राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।
पार्टीको नाम राप्रपा नै रहनेछ । पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै (हलो) कायम हुने सहमति भएको छ।
पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा थापा र लिङदेन अध्यक्षमा भिडेका थिए। जसमा थापा फराकिलो मतान्तरसहित पराजित भएका थिए । त्यसको केही समयमै थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी खोलेका थिए। चार वर्षपछि दुवैनेता एक भएका हुन् ।
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया