नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी छैन- डब्ल्यूएचओ
मेरोन्यूज
२०७८ जेठ २० गते १३:५९

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले नेपालमा कोरोना प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको जनाएको छ । नेपालमा रहेको डब्ल्यूएचओको कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत यस्ता बताएको हो ।
डब्ल्यूएचओले भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’ यसअघि बेलायती सञ्चारमध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । डब्ल्यूएचओले बेलायती सञ्चारमध्यम डेलीमेलले गरेको दाबीको खण्डन गरेको छ ।
डब्ल्यूएचओका अनुसार हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया