आइतबार, जेठ ४, २०८२

सर्वोच्चको फुल कोर्ट बस्दै, के के छन त एजेन्डा ???

मेरोन्यूज २०७८ जेठ २१ गते ९:२२

काठमाडौं । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै छ ।

छलफलमा सर्वोच्चका सबै न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले कोभिडबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने विषय छलफलको मुख्य एजेण्डा भएको बताए ।

सर्वोच्चले हाल कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । निषेधाज्ञा लम्बिंदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफल गर्न पूर्ण बैठक बस्न लागेको सूचना अधिकारी ढकालको भनाइ छ ।

ुफुल कोर्टको बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे सहमति भएको थियो ।

संवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो ।

उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ । यही जेठ १३ गते नै आजका लागि फुल कोर्ट बस्ने तय भएको थियो ।

प्रतिक्रिया