मुक्तक
‘प्रेम’को पराजय !

मन खोलेर हाँस्न खोजेँ, मुस्कानले दिएन
नजिक भएर बाँच्न खाजेँ, भाग्यले दिएन ।
स्वतन्त्र भई बाच्ने अधिकार, छैन मलाई
खुल्ला भई हिड्न खोजेँ, तिम्रो यादले दिएन ।
यादहरू संगालेर, जिन्दगी बित्ने भो
लिन्न भन्छु पिर मैले, झनै थिच्ने भो ।
चिन्तै चिन्ताले चित्ताको, मार्ग रच्दैछ
चित्ताको मुढाभन्दा, तिम्रो यादले थिच्ने भो ।
ढुंगाको भर माटो, माटोको भर ढुंगा हुँदा
सम्बन्ध नै बलियो हुन्छ, मन हलुंगो हुँदा ।
सम्बन्ध त यहीबाट, चिरा पर्दो रहेछ
पुरुष आर्दश र नारी, अहंमवादी हुँदा ।
हामी साथ थियौँ र त, जीवन खास थियो ।
पुर्णिमाको जुनमा हाम्रो, मधुमास रात थियो ।
सम्बन्धहरू कहिलेकाहीँ, यताउता भइदिँदा
मेरै काखमा फर्किन्छौँ कि, भन्ने आश थियो ।
जिन्दगीदेखि हारिसकेँ, पीडा खानु खाइसकेँ
भाग्य बदलिने दाउमा, धेरै जुवा हारिसकेँ ।
‘चरेस खाउ तर, हरेस नखाउ’, भन्छन् साथीहरू
भाग्य भर्न खोज्दा, आफ्ना इच्छा मारिसकेँ ।
आँसु दिने तिमी, हाँसो दिने तिमी
जिन्दगीको आधा सारथि, हौ तिमी ।
हिजोआज खुसी विरलै, देखिन थालेको छ
पागल म हुन्छु, भिडमा नरुनु तिमी ।।
(लेखक विश्वकर्मा धादिङका हुन् । हाल उनि विरेन्द्र वहुमुखी क्याम्पस, चितवनमा अध्ययनरत छन् ।)













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया