सोमबार, चैत ९, २०८२

मन्त्रीको सपथ ग्रहणको आधा घण्टामै देशविरूद्ध दिएको अभिव्यक्ति स्वीकार्य छैन : बामदेव गौतम

मेरोन्यूज २०७८ जेठ २२ गते १५:०७

काठमाडौँ । नेकपा एमालेका नेता बामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महत्तोको अन्तर्वार्ताप्रति टिप्पणी गरेका छन् । शुक्रबार मन्त्रीको सपथ खाएर पदभार ग्रहण गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेता महत्तोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन गर्ने बताएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुखी भएको छु,’ नेता गौतमले भने, ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो, त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौँ विशेषतासहित नेपाल राज्य हो ।’

नेपालमा एउटा मात्र राष्ट्र र एउटा मात्र राज्य रहेको अवस्थामा महतोले सञ्चालन गरिरहेको कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा केही नभएको नेता गौतमले बताए । आफ्नो सामाजिक सञ्जालमा लेख्दै भने, ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बताएका छन् ।

प्रतिक्रिया