यी ३ मन्त्री : जो सपथ नखाँदै बाहिरिनु पर्यो

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शनिबार १७ औं पटक आफू नेतृत्वको क्याविनेट पुनर्गठन गरे । तर यो पुनर्गठनले अघिल्लो पटक पुनर्गठनमा मन्त्री नियुक्त भएका तीन मन्त्री भने सपथ नै नखाँदै सरकारबाट बाहिरिनु परेको छ । ओलीले मधेस केन्द्रीत राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० नेतालाई अहिलेको क्याविनेटमा समेटेर सत्ता साझेदारी गर्दा एमालेकै पूराना ४ बाहेक अन्य मन्त्रीहरुको पद गुमेको छ ।
जसपमा महन्थ पक्ष सरकारमा जाँदा पार्टी नै विभाजित अवस्थामा पुगेको छ । महन्थ र राजेन्द्र महतो एकातिर र उपेन्द्र यादव र डा बाबुराम भट्टराई अर्काेतिर उभिदा पार्टीमा एकले अर्काेलाई निष्कासनको दोहोरी चलेको छ । सरकारकै विषयमा देखिएको अर्न्तविरोधका कारण कारवाहीको आधिकाकिरता विवाद निर्वाचन आयोगमा पुगेको छ ।
जसपाको एउटा पक्ष यसरी सरकारमा पुगिरहँदा यो पुर्नगठन भन्दा अघिल्लो पुर्नगठनमा मन्त्रीमा परेका तर सपथ नै नखादै तीन जना मन्त्रीले पद गुमाउनु परेको छ । त्यसरी पद गुमाउनेमा गणेश सिंह ठगुना, विमला विक र गौरीशंकर चौधरी हुन् । चौधरीका हकमा भने यस अगाडि नै सर्वाेच्चले गत जेष्ठ ६ गते संसद भंग हुनु अगाडि नै गैह सांसदलाई पुर्ननियुक्ति दिनु संविधानत नमिल्ने भन्दै अन्तरिम आदेश दिएपछि पद गुमेको थियो । तर संसद भंग भएपछि पुन:नियुक्ति हुने आशमा उनी पुल्चोकस्थित मन्त्री क्वार्टर नछोडि बसिरहेका थिए ।
ठगुन्ना र विकको हकमा भने शुक्रबारको पुनर्गठनले मन्त्री पद गुमेको छ । उनीहरुले पनि योबीचमा सपथ लिएका थिएनन । गत वैशाख ३१ मा ओलीले संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको हैसियतम प्रधानमन्त्री नियुक्त भईरहदा त्यस अगाडीकै पूरानै क्याविनेटका मन्त्रीलाई लिएर मन्त्रीपरिषद् गठन गरेका थिए ।
सपथ नखादै पदबाट बाहिरिनेहरु मध्ये चौधरीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, ठगुनालाई संघीय मामिला तथा सामान्य प्रशासन र वि।क।लाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै गर्दा गैह् सांसदलाई पर्नूनियुक्ति दिन नमिल्ने भन्दै सर्वोच्च अदालतले चौधरीसहित नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका मन्त्रीहरुको पद बदर गरिदिएको थियो । त्यस बेलासम्म उनलाई मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीले तोकेपनि सपथ भएको थिएन । सपथ नै नभई उनी स्वत पदमुक्त भएका थिए ।
त्यस्तै ठगुन्ना र विक पनि कोरोना संक्रमित भए पछि घरमै होम आइसोलेसनमा बस्न परेका कारण सपथ लिन पाएका थिएनन । उनीहरूले पनि पदको सपथ नै नलिादै शुक्रवारबाट मन्त्री पद गुमाउनु परेको छ ।
















24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया