सोमबार, जेठ ५, २०८२

यी ३ मन्त्री : जो सपथ नखाँदै बाहिरिनु पर्‍यो

मेरोन्यूज २०७८ जेठ २२ गते १६:५६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शनिबार १७ औं पटक आफू नेतृत्वको क्याविनेट पुनर्गठन गरे । तर यो पुनर्गठनले अघिल्लो पटक पुनर्गठनमा मन्त्री नियुक्त भएका तीन मन्त्री भने सपथ नै नखाँदै सरकारबाट बाहिरिनु परेको छ । ओलीले मधेस केन्द्रीत राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० नेतालाई अहिलेको क्याविनेटमा समेटेर सत्ता साझेदारी गर्दा एमालेकै पूराना ४ बाहेक अन्य मन्त्रीहरुको पद गुमेको छ ।

जसपमा महन्थ पक्ष सरकारमा जाँदा पार्टी नै विभाजित अवस्थामा पुगेको छ । महन्थ र राजेन्द्र महतो एकातिर र उपेन्द्र यादव र डा बाबुराम भट्टराई अर्काेतिर उभिदा पार्टीमा एकले अर्काेलाई निष्कासनको दोहोरी चलेको छ । सरकारकै विषयमा देखिएको अर्न्तविरोधका कारण कारवाहीको आधिकाकिरता विवाद निर्वाचन आयोगमा पुगेको छ ।

जसपाको एउटा पक्ष यसरी सरकारमा पुगिरहँदा यो पुर्नगठन भन्दा अघिल्लो पुर्नगठनमा मन्त्रीमा परेका तर सपथ नै नखादै तीन जना मन्त्रीले पद गुमाउनु परेको छ । त्यसरी पद गुमाउनेमा गणेश सिंह ठगुना, विमला विक र गौरीशंकर चौधरी हुन् । चौधरीका हकमा भने यस अगाडि नै सर्वाेच्चले गत जेष्ठ ६ गते संसद भंग हुनु अगाडि नै गैह सांसदलाई पुर्ननियुक्ति दिनु संविधानत नमिल्ने भन्दै अन्तरिम आदेश दिएपछि पद गुमेको थियो । तर संसद भंग भएपछि पुन:नियुक्ति हुने आशमा उनी पुल्चोकस्थित मन्त्री क्वार्टर नछोडि बसिरहेका थिए ।

ठगुन्ना र विकको हकमा भने शुक्रबारको पुनर्गठनले मन्त्री पद गुमेको छ । उनीहरुले पनि योबीचमा सपथ लिएका थिएनन । गत वैशाख ३१ मा ओलीले संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको हैसियतम प्रधानमन्त्री नियुक्त भईरहदा त्यस अगाडीकै पूरानै क्याविनेटका मन्त्रीलाई लिएर मन्त्रीपरिषद् गठन गरेका थिए ।

सपथ नखादै पदबाट बाहिरिनेहरु मध्ये चौधरीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, ठगुनालाई संघीय मामिला तथा सामान्य प्रशासन र वि।क।लाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै गर्दा गैह् सांसदलाई पर्नूनियुक्ति दिन नमिल्ने भन्दै सर्वोच्च अदालतले चौधरीसहित नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका मन्त्रीहरुको पद बदर गरिदिएको थियो । त्यस बेलासम्म उनलाई मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीले तोकेपनि सपथ भएको थिएन । सपथ नै नभई उनी स्वत पदमुक्त भएका थिए ।

त्यस्तै ठगुन्ना र विक पनि कोरोना संक्रमित भए पछि घरमै होम आइसोलेसनमा बस्न परेका कारण सपथ लिन पाएका थिएनन । उनीहरूले पनि पदको सपथ नै नलिादै शुक्रवारबाट मन्त्री पद गुमाउनु परेको छ ।

प्रतिक्रिया