खनाल-नेपाल समूहले भन्याे– महतोको अभिव्यक्ति निन्दनीय
बहुराष्ट्रिय राज्यका सन्दर्भमा प्रधानमन्त्रीको धारणा माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल–नेपाल समूहले राष्ट्रियताको सन्दर्भमा नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ ।
उक्त समूहको १५ स्थायी कमिटी सदस्यले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्रीबाटै राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिन निन्दनीय रहेको जनाएको हो ।
संविधानसभा र जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने कुरा नेपालको संविधानको विपरित रहेको पनि उक्त समूहले प्रष्ट पारेको छ ।
“यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका सामन आकांक्ष र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्री महतोको भनाइ कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने पनि उक्त समूहले बताएको छ । समूहले उक्त अभिव्यक्ति बारे प्रधानमन्त्री केपी शर्मा ओलीको धारणासमेत माग गरेको छ ।

















निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया