खनाल-नेपाल समूहले भन्याे– महतोको अभिव्यक्ति निन्दनीय
बहुराष्ट्रिय राज्यका सन्दर्भमा प्रधानमन्त्रीको धारणा माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल–नेपाल समूहले राष्ट्रियताको सन्दर्भमा नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ ।
उक्त समूहको १५ स्थायी कमिटी सदस्यले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्रीबाटै राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिन निन्दनीय रहेको जनाएको हो ।
संविधानसभा र जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने कुरा नेपालको संविधानको विपरित रहेको पनि उक्त समूहले प्रष्ट पारेको छ ।
“यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका सामन आकांक्ष र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्री महतोको भनाइ कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने पनि उक्त समूहले बताएको छ । समूहले उक्त अभिव्यक्ति बारे प्रधानमन्त्री केपी शर्मा ओलीको धारणासमेत माग गरेको छ ।











कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया