कर्णालीमा कांग्रेसका दुई मन्त्रीको सपथ आज

सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेस आज देखि औपचारिक रुपमा सहभागी हुँदैछ । प्रदेश सरकारमा दुई ओटा मन्त्रालय लिएर कांग्रेसले माओवादी केन्द्रसँग सत्ता साक्षेदारी गर्न लागेको हो । कांग्रेसले पाएको दुई मन्त्रालय अन्र्तगत सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई मन्त्री बनाएर पठाउन लागेको छ ।
उनीहरुको सपथ ग्रहण आज हुादैछ ।
आफना नेतालाई सरकारमा पठाउनु अगाडी कांग्रेसले शुक्रवार सरकारमा सहभागी मन्त्रीका लागि १३ बुादे आचारसंहिता समेत बनाएको थियो । मन्त्री बन्न जान लागेका दुवै सांसदलाई उक्त आचारसंहितामा शुक्रवार नै हस्ताक्षर गराएर दल नेताले राखेका छन् ।
दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री बन्न लागेका सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मीतव्ययितता, शादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको हो । सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने, मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न नपाइने, कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने लगायतका आचारसंहिता बनाएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई एमालेले दिँदै आएको समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत लिएका थिए । त्यसक्रममा एमालेकै चार सांसदले पार्टीको ह्वीप तोडेर शाहीको पक्षमा मतदान दिएका थिए । त्यस्तै, कांग्रेसले पनि शाहीलाइृ साथ दिएपछि माओवादी केन्द्रको नेतृत्वका नेता शाहीको सरकार जोगिएको थियो ।
त्यसपछि नै कांग्रेस सरकारमा जान लागेको हो ।
गत प्रतिनिधीसभा र प्रदेश सभा चुनावमा एमाले र माओवादी केन्द्रले गठवन्धन बनाएर चुनाव लडेपछि काग्रेस केन्द्र र प्रदेशमा सरकार वाहिर थियो । एमाले माओवादीको गठवन्धन र पार्टी एकता सम्म टुटेपछि चार वर्षपछि काग्रेसलाई सरकारमा जाने बाटो खुलेको हो ।
प्रतिक्रिया