बिहीबार, वैशाख १०, २०८३

बालुवाटार जग्गा प्रकरण

यी हुन्, २१ दिने सूचना जारी भएका ४९ जना (सूचि सहित)

२१ दिनभित्र जवाफ नदिए जग्गा सरकारको नाममा स्वतः नामसारी हुने

मेरोन्यूज २०७८ जेठ २३ गते ९:२८

Advertisement
NiccNicc

काठमाडौं । बालुवाटारस्थित ललिता निवास भित्रको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध सार्वजनिक सूचना जारी भएको छ । सरकारी मुखपत्र गोरखापत्रमा आज तिनीहरुको नाममा सार्वजनिक सूचना जारी भएको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले उनीहरु विरुद्द २१ दिने सूचना जारी गरेको छ । घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै ४९ जना विरुघ सार्वजनिक सूचना जारी भएको हो ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेपछि सार्वजनिक रुपमा २१ दिनको समय दिएर सूचना जारी गरिएको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा स्वतः नामसारी हुने छ ।

प्रतिक्रिया