एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री नेपाल पठाइयो

कोरिया । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था र नेपालीबाट संकलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौँ पुगेको हो । उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए ।
नेपाली राजदूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल पुर्याइदिएको हो । संकलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्फत जुन ५ मा नेपाल पुगेको महासचिव सुवेदीले बताए ।
कोरियास्थित नेपाली राजदूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्वको लडाइँमा ऐक्यबद्वता प्रदर्शन गर्नुहुने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ । एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग संकलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । रासस













जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया