प्रतिनिधीसभा विघटन मुद्दामा सर्वाेच्च अदालतमा अर्काे लफडा
११ न्यायाधीसले मुद्दा हेर्न नमिल्ने ओली पक्षका वकिलहरुको तर्क (निवेदनसहित)

काठमाडौं । प्रतिनिधीसभा विघटनको मुद्दाा संबैधानिक इजालस गठनमै पक्ष-विपक्षका वकिलहरुका वीचमा विवाद भएको छ । विवादका कारण अदालत समेत अप्ठ्यारोमा परेको छ । एमाले–माओवादीलाई अलग गराउने गरी गत फागुन २३मा फैसल्ला गर्ने र पूनरावलोकनमा आदेश नदिने न्यायाधीसलाई सम्वैधानिक इजालसमा राख्न नमिल्ने तर्क विपक्षी गठनवन्धनका तर्फबट बहसमा भाग लिन आईपुगेका काननु ब्यवसायीले गरेपछि सर्वाेच्चको संबैधानिक इजालसमै विवाद जन्मिएको थियो ।
विवादपछि ५ दिन इजालस नै रोकेर आजको लागि तोकेका प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणाले संबैधानिक इजालस आज पूर्नगठन गरेपछि प्रधानमन्त्री केपी ओली पक्षका वकिलहरुले वखेडा झिकेका छन् ।
उनीहरुले सर्वाेच्चका ११ न्यायाधिसले प्रधानमन्त्री ओली विरुद्धको मुद्धा हेर्ने निमल्ने तर्क सहितको निवेदन नै सर्वाेच्चमा दर्ता गराएपछि अदालत अप्ठायारो अवस्थामा परेको छ ।
अधिवक्ता राजाराम घिमिरेले निवेदन दर्ता गराएरै त्यस्तो माग गरेका हुन् । उनलाई निवेदन फिर्ता नलिए मानहानीको मुद्दा चलाउने प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले चेतावनी दिएका थिए । तर त्यस्तो चेतावनी पछि महान्याधिवक्ता रमेश बढाल नै पनि प्रतिरक्षामा उत्रिएका थिए ।
अधिवक्ता घिमिरेले पेश गरेको निवेदनमा ११ न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले संवैधानिक इजलासमा केपी ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने तर्क गरेका छन् ।
हेर्नुहोस निवेदन





















मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया