कालो ढुसीको संक्रमण कसरी हुन्छ ? (भिडियोसहित)

काठमाडाैँ । कोरोना निको भएका व्यक्तिहरुमा पछिल्लो समय म्यूकोर्माइकोसिस अर्थात कालो ढुसीको समस्या देखिन थालेको छ । भारतमा पछिल्लो समय यो तीव्र गतिमा बढेको छ । नेपालमा पनि हालसम्म १० जनाभन्दा बढीमा म्यूकोर्माइकोसिस (कालो ढुंसी)को संक्रमण देखिएको छ ।
म्यूकोर्माइकोसिस हाम्रो वरिपरी भएको वातावरणमा रहन्छन् । कोरोना संक्रमण देखिएर होम आइसोलेसनमा बसेका मानिसहरूले आफू खुसी औषधि सेवन गर्दा त्यसले पनि यो रोगको समस्या निम्ताएको देखिन्छ । आफू खुसी एन्टिबायोटिक र स्टेरोइड होम आइशोलेसनमा बसेका व्यक्तिहरूले खाँदा यो समस्या निम्तेको देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको समयमा यो समस्या शरीरमा देखिदैन । जब रोग प्रतिरोधात्मक क्षमता घट्छ तब यो समस्याले मानिसहरूलाई सताउन सक्ने सम्भावना बढ्छ ।
सामान्यतया रोग प्रतिरोधात्मक क्षमता कम भएका मधुमेहका विरामी, अंग प्रत्यारोपण, क्यान्सर, मृगौलाको डाइलासिस गरेका व्यक्तिमा म्यूकोर्माइकोसिसको जोखिम बढी छ । त्यसकारण कोरोना संक्रमित भएर घरमै होम आइसोलेनमा बसेकाहरूलाई चिकित्सकको सल्लाहबिना आफू खुसी जथाभावी औषधि नखान म अनुरोध गर्छु ।
दोस्रो, कोरोना निको भएर घर फर्केकाहरूले पनि अब मलाई केही समय कोरोनाले छुँदैन भनेर मास्क नलगाई हिड्ने गरेको पनि पाइन्छ । त्यसो नगर्न म सल्लाह दिन्छु । कोरोना निको भएका र कोरोना नै नलागेका सबैले नियमित मास्कको प्रयोग गर्नुपर्छ । तर, कोरोना लागेका र निको भएकाले प्रयोग गर्ने गरेको मास्क फेरिरहनु पर्छ । पुरानो मास्क प्रयोग गरिरहँदा पनि म्यूकोर्माइकोसिस सर्ने विभिन्न अध्ययनहरूले देखाएको छ । मधुमेह रोगका विरामीहरूमा मधुमेह बढेर स्टेरेयड लामो समयसम्म प्रयोग गर्नेमा यो समस्या देखिन्छ । मधुमेह नभए पनि यो म्यूकोर्माइकोसिस समस्या देखिएको पाइएको छ ।
वीरमा पनि कार्डियो कोभिड वार्डमा भर्ना भएका एक कोरोना संक्रमण देखिएका पुरुषमा म्यूकोर्माइकोसिस शल्यक्रिया गरिएको छ । उक्त विरामीमा मधुमेहको समस्यासमेत थियो । कोरोना संक्रमण देखिएर उनी अस्पताल आएका थिए । ती विरामी अस्पताल भर्ना भएपछि आँखाको वरिपरी सुनिने र रातो हुने समस्या देखियो । उनको तुरुन्त एमआरआई गरेर हेर्दा म्यूकोर्माइकोसिस समस्या रहेको पाइयो ।
हामीले तुरुन्तै शल्यक्रिया गरेका थियौँ । उनको नाकबाट फैलिएर आँखाको ब्रेनको नजिक पुगिसकेको थियो । उनको एउटा आँखा बिग्रेको छ । उनको त्यो बिग्रेको आँखामा दृष्टि फर्किने सम्भावना अलिक कम देखिन्छ । सामान्यतया कोरोना पोजेटिभ भएकाहरूमा नेगेटिभ १० दिनमा हुने गर्छ ।
म्यूकोर्माइकोसिस कोरोना निको भएको सामान्यतया ३ देखि ४ हप्तामा म्यकोमाइकोसिसको समस्या देखिने गरेको अध्ययनका क्रममा पाइएको थियो । तर हामीले वीरमा शल्यक्रिया गरेका ती विरामीमा भने शल्यक्रियाअघि गरिएको पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको थिएन् । उनी पोजेटिभ नै थिए । सिटी भ्यालु २० देखि २२ मा थियो । यस्तो बेला जति ढिलो भयो त्यति जोखिम थपिदै जाने हुन्छ । वीरमा कोरोना संक्रमणको महामारीमा पहिलो पटक शल्यक्रिया गरिएको हो ।
म्यूकोर्माइकोसिस नयाँ रोग होइन्
यो समस्या धेरै पहिला देखिएको समस्या हो । अहिले भारतमा ९ हजार भन्दा बढीमा यो समस्या देखिएको छ । वीर अस्पतालमा पनि एकदेखि २ वर्षमा एक जना विरामीको शल्यक्रिया गरिएको छ । भारतको जस्तो छैन । आगामी दिनमा यो संक्रमण अझ बढ्छ भनेर हामी सजक भएका छौँ ।
म्यूकोर्माइकोसिसका लक्षणहरू
– नाक बन्द हुने वा बाक्लो कालो रंगको रगत मिसिएको सिगान आउने
– अत्याधिक टाउको दुख्ने
– आँखा वरिपरी सुनिने
– दृष्टि कमजोर हुने
– मुखमा घाउहरू आउने
– दाँतहरू कमजोर हुने
यस्ता व्यक्तिमा बढी जोखिम
– म्यकोमाइकोसिस धेरै जसो मधुमेह नियन्त्रण नभएकाहरूमा
– अगं प्रत्यारोपण गरेका व्यक्तिमा
– क्यान्सर रोगका विरामीहरूमा
– स्टोरेयड लामो समयसम्म सेवन गरिरहेकामा
– मृगौलाका डाइलासिस गरिरहेकामा
– रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा
यस्ता विरामीहरूमा कोरोना संक्रमण भएको छ भने कोरोना निको भएको सामान्यतया ३ देखि ४ हप्तामा म्यकोमाइकोसिसको समस्या देखिन सक्छ ।
म्यकोमाइकोसिसबाट कसरी बच्ने ?
– होम आइसोलेनसमा बस्दा आफू खुसी एन्टिबायोटिक र स्टेरोइड प्रयोग नगर्ने ।
– मधुमेह नियन्त्रणमा राख्ने ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउन आफू खुसी औषधि सेवन नगर्ने ।
– कोरोना निको भएपछि माथिका कुनै पनि लक्षण देखिएमा आफै निको हुन्छ भनेर नबस्ने । तुरुन्तै नाक कान, घाटी रोग विशेषज्ञसँग सम्पर्क गर्न अस्पताल जानुपर्ने ।
(वीर अस्पतालका नाक, कान र घाटी रोग विभाग प्रमुख डा. श्रेष्ठसँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )
हेर्नुहोस् भिडियो









सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया