व्यवसायीसँग पैसा असुल्ने डिएसपी काठमाडौँ परिसर तानिए
मेरोन्यूज
२०७८ जेठ २३ गते १५:३४

काठमाडौँ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्का कारबाहीमा परेसँगै उनको जिम्मेवारी खोसिएको छ ।
कार्यक्षमता कमजोर एवं आर्थिक प्रलोभनमा परेर काम गरेको देखिएपछि उनलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँ टेकु तानिएको हो ।
महामारीको बेला पनि पैसा लिएर ठमेलका क्लब बारहरू सञ्चालन गर्न दिएको गुनासोपछि उनीमाथि छानबिन गर्नुपर्ने भन्दै परिसर काठमाडौँले खड्कालाई जिम्मेवारीबाट हटाएको परिसरका एसपी रमेश बस्नेतले बताए ।
खड्कालाई विभागीय कारबाही गर्नुको साथै सोह्रखुट्टे वृत्त प्रमुखबाट हटाइएको हो । उनी आइतबारदेखि नै महानगरीय प्रहरी परिसर टेकु हाजिर भएका छन् । खड्का १६ महिनादेखि साह्रखुट्टे वृत्त प्रमुख थिए ।
अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा खड्काको ठाउँमा कसैलाई पठाइएको छैन ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया