‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल पार्छौं : मन्त्री भण्डारी

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई सफल पार्न ध्यान दिने बताएका छन् । यस्तै, उनले आइतबार आफ्नो कार्यभार सम्हाल्दै उनले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको बताए ।
आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले लिनुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल पार्नको निम्ति सरकारमा आएको हुँ ।’
‘जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको सहकार्यमा बनेको सरकार छ, हामी सहकार्य गर्न आएका छौँ,’ उनले भने, ‘आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ ।’
उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।













कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया