‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल पार्छौं : मन्त्री भण्डारी

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई सफल पार्न ध्यान दिने बताएका छन् । यस्तै, उनले आइतबार आफ्नो कार्यभार सम्हाल्दै उनले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको बताए ।
आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले लिनुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल पार्नको निम्ति सरकारमा आएको हुँ ।’
‘जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको सहकार्यमा बनेको सरकार छ, हामी सहकार्य गर्न आएका छौँ,’ उनले भने, ‘आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ ।’
उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया