साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकले वृद्धि

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकमा साताको पहिलो दिन आज आइतबार दोहोरो अंकले सुधार आएको छ । आइतबार बजार परिसुचक ५० दशमलब २७ अंकले बढेर २ हजार ९ सय ६ दशमलब ८९ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार महिला लघुवित्त र लुम्बिनी विकास बैंक लगायत कम्पनीको सेयर मूल्यमा ठूलो सुधार देखिएको छ । त्यस्तै लगानी, वित्तिय लगायत ७ क्षेत्रको समूहगत उपसुचकमा वृद्धि भएको छ भने जलविद्युत, व्यापार लगायत ६ क्षेत्रको उपसुचकमा हस आएको छ ।
कूल २ सय १८ कम्पनीको १ लाख ७१ हजार ६० कारोबारबाट १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार आइतबार सबैभन्दा धेरै नेपाल पूनर्बीमा कम्पनीको १ अर्ब २१ करोड १४ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।













रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया