साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकले वृद्धि

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकमा साताको पहिलो दिन आज आइतबार दोहोरो अंकले सुधार आएको छ । आइतबार बजार परिसुचक ५० दशमलब २७ अंकले बढेर २ हजार ९ सय ६ दशमलब ८९ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार महिला लघुवित्त र लुम्बिनी विकास बैंक लगायत कम्पनीको सेयर मूल्यमा ठूलो सुधार देखिएको छ । त्यस्तै लगानी, वित्तिय लगायत ७ क्षेत्रको समूहगत उपसुचकमा वृद्धि भएको छ भने जलविद्युत, व्यापार लगायत ६ क्षेत्रको उपसुचकमा हस आएको छ ।
कूल २ सय १८ कम्पनीको १ लाख ७१ हजार ६० कारोबारबाट १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार आइतबार सबैभन्दा धेरै नेपाल पूनर्बीमा कम्पनीको १ अर्ब २१ करोड १४ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया