नवनियुक्त दुई मन्त्रीले लिए शपथ ग्रहण
काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपननीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले श्रेष्ठ र बिसीलाई मन्त्री सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तारका क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार बेलुका उनीहरूलाई नियुक्त गरेका थिए ।
कांग्रेसबाट सरकारमा सहभागी ऊर्जा विकासमन्त्री श्रेष्ठ जुम्ला र सामाजिक विकासमन्त्री बिसी सुर्खेत निवासी हुन् । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाएको हो ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जोडिएको युवा तथा खेलकूद पुनः सामाजिक मन्त्रालयमै फिर्ता गरेको छ । मन्त्रीद्वयले आजै पदभार ग्रहण गरेका छन् ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया