एमालको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
सो समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न भर्चुअल बैठक बोलाइएको हो ।
‘ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्नेछौं’, नेता युवाराज ज्ञावालीले भने ।
प्रधानमन्त्री ओलीले आइतबार बेलुका विज्ञप्तीमार्फत ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको जनाउँदै उनले त्यसको लागि केही शर्त पनि अघि सारेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त उनले अघि सारेका छन् ।
एमालेमा अध्यक्ष ओली र नेता खनाल नेपाल पक्ष फुटको संघारमा पुगेको बेला ओलीले एकताका लागि प्रस्ताव गरेका हुन् ।
ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावलाई लिएर खनाल नेपाल पक्षका नेता भने विभाजित भएका छन् । दुबै पक्ष सकेसम्म मिल्नुपर्छ भन्ने लाइनका नेताले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिंदा पार्टी फुट्नपर्छ भन्ने लाइनका नेताले भने फन्डा मात्र भएको टिप्पणी गरेका छन् ।
ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल–नेपाल पक्षका नेता योगेश भट्टराईले सकरात्मक भन्दै प्रतिक्रिया दिएका छन् भने रामकुमारी झांक्री लगायत केही नेताले यस्तो प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएका छन् ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया