रेल दुर्घटनामा परी पाकिस्तानमा ३० जनाको मृत्यु

मुल्तान । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् । मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।
मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए । उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान शुरु भएको जानकारी दिए । अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृत्यु भएको बताए । रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए ।
घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाई छ । रासस

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया