देउवा निवासमा नेताहरुको जमघट : प्रचण्ड निस्के, माधव नेपाल पुगे
ओलीको ६ बुँदेमा लिखित जवाफ दिने निष्कर्ष आफ्नो समुहको स्थायी समिति बैठकमा निकालेर माधव नेपाल शेरबहादुर देउवाको निवास पुगेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ६ बुँदे प्रतिवद्धता सहितको एमाले एकताका लागि आह्वान गरेपछि माधव नेपाल आफ्नो समुहका स्थायी समिति सदस्यहरुसँग छलफल गरेर अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकन्ठस्थित निवासमा पुगेका छन् ।
ओलीले एकताका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित सर्वाेच्च अदालतमा पुगेर गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका थिए ।
त्यसपछि अब नेपाल पक्षले के गर्लान् भन्ने चासोका बीचमा नेपाल आफू निकट स्थायी समितिको बैठक सकेर देउवा निवास पुगेका हुन् ।
ओलीको ६ बुँदेको जवाफ नेपाल समुहले लिखित रुपमा नै दिने निर्णय बैठकपछि गरेको छ । बैठकअगाडि नेपाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल निवास कोटेश्वरमै पुगेर भेट गरेका थिए ।
अहिले बैठक सकेर नेपाल पनि देउवा निवास पुगेका हुन् । प्रचण्ड भने देउवा निवासबाट निस्केर कोटेश्वरस्थित पार्टी कार्यालयमा छन् ।
नेपाल पक्षमा ओलीको वक्तब्य पछि तरंग छ । ओलीको वक्तब्यलाई नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक भनी स्वागत गरिसकेका छन् । नेपाल पक्षका नेताहरु योगेश, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको विहान सुरेन्द्र पाण्डेको निवासमा छलफल समेत भएको थियो ।
















चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया