भ्रमणमा निस्किन् अमेरिकी उपराष्ट्रपति ह्यारिस

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पहिलोपटक विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला पुगेकी छन् । ग्वाटेमालाको भ्रमणपछि उनी मेक्सिको प्रस्थान गर्ने भएकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेकी हुन् । उनले सीमामा भइरहेको तस्करी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणका उपायबारे अमेरिकी धारणा सार्वजनिक गर्ने छिन् ।
राष्ट्रपति बाइडेनले उपराष्ट्रपतिलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मंगलबार हुने बैठकमा भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुने छ ।
उपराष्ट्रपति आइतबार अबेर ग्वाटेमाला सिटी पुगेकी हुन् । उनलाई ग्वाटेमालाका विदेश मन्त्री पेड्रो ब्रोलोले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नु हुनेछ । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया