भ्रमणमा निस्किन् अमेरिकी उपराष्ट्रपति ह्यारिस

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पहिलोपटक विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला पुगेकी छन् । ग्वाटेमालाको भ्रमणपछि उनी मेक्सिको प्रस्थान गर्ने भएकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेकी हुन् । उनले सीमामा भइरहेको तस्करी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणका उपायबारे अमेरिकी धारणा सार्वजनिक गर्ने छिन् ।
राष्ट्रपति बाइडेनले उपराष्ट्रपतिलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मंगलबार हुने बैठकमा भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुने छ ।
उपराष्ट्रपति आइतबार अबेर ग्वाटेमाला सिटी पुगेकी हुन् । उनलाई ग्वाटेमालाका विदेश मन्त्री पेड्रो ब्रोलोले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नु हुनेछ । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया