यौन दुर्व्यवहारको भिडियो राउटे समुदायमा पुग्न नदिन २२ प्रहरी गस्तीमा

काठामाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्तीलाई सिल गरेको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।
‘पछिल्लो घटनासँगै राउटे बस्तीमा चहलपहल बढ्दा भिडियो उक्त समुदायमा पुग्न भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका छौँ,’ जिल्ला प्रहरीका डिएसपी रामप्रसाद घर्तीले भने ।
उनका अनुसार बस्तीलाई सुरक्षा दिनका लागि २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका ११ स्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।
घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गरी समूदायभित्रै कडा सजाय दिन सक्ने भन्दै प्रहरीले बस्तीलाई सिल गरेको हो । डिएपसी घर्तीका अनुसार सोमबार बिहानैदेखि राउटे बस्तीको सुरक्षाका लागि प्रहरीलाई खटाइएको हो ।
आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिएको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया