यौन दुर्व्यवहारको भिडियो राउटे समुदायमा पुग्न नदिन २२ प्रहरी गस्तीमा

काठामाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्तीलाई सिल गरेको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।
‘पछिल्लो घटनासँगै राउटे बस्तीमा चहलपहल बढ्दा भिडियो उक्त समुदायमा पुग्न भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका छौँ,’ जिल्ला प्रहरीका डिएसपी रामप्रसाद घर्तीले भने ।
उनका अनुसार बस्तीलाई सुरक्षा दिनका लागि २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका ११ स्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।
घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गरी समूदायभित्रै कडा सजाय दिन सक्ने भन्दै प्रहरीले बस्तीलाई सिल गरेको हो । डिएपसी घर्तीका अनुसार सोमबार बिहानैदेखि राउटे बस्तीको सुरक्षाका लागि प्रहरीलाई खटाइएको हो ।
आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिएको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।










ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया