देउवा निवासमा दोहोर्याएर पुगे प्रचण्ड, माधव नेपालसहित छलफल

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहानदेखि नेताहरुको जमघट बाक्लो छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहोर्याएर देउवा निवास पुगेका छन् । देउवा निवासमा एमालेका नेता माधव नेपाल पनि पुगेका छन् ।
सत्ताशीन दल एमालेमा पार्टी एकताका लागि प्रधानमन्त्री केपी ओलीले ६ बुँदे प्रस्ताव अगाडि सारेर अपिल गरेपछि माधव समूहले के गर्लान् ? भन्ने प्रश्न उठिरहेका बेला नेपाल भने आफ्नो समूहको स्थायी समितिको बैठक सेकर बुढानीलकण्ठ पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहान नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरी देउवाको निवास पुगेका थिए । देउवासँग झण्डै एक घण्टा छलफल गरेर बाहिरिएका प्रचण्ड त्यसपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा पुगेका थिए ।
तर, जब नेपाल पनि आफ्नो समूहको स्थायी समितिको बैठक सकेर देउवा निवास पुगे । त्यसपछि प्रचण्ड फेरि दोहोर्याएर देउवा निवास पुगेका हुन् । त्यहाँ अहिले देउवा, प्रचण्ड र नेपाललगायतका नेताहरूका बीचमा छलफल जारी रहेको बुढानीलकण्ठस्थित स्रोतले मेरोन्यूजलाई जानकारी गराएको छ ।
एमालेको एकताका लागि ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा पुगेर नेपालसहितका एमालेका २३ विघटित संसदका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनु पर्ने शर्त राखेका थिए । तर, नेपाल पक्षले स्थायी समिति बैठकपछि ओलीको प्रस्तावमा सन्तुष्ट हुन नसकिने र ओलीको प्रस्तावका कतिपय विषय विरोधाभाषपूर्ण र अस्पष्ट रहेको भन्दै आफूहरुको तर्फबाट छुट्टै अपिल जारी गर्ने निष्कर्ष निकालेर नेता नेपाल देउवा निवासमा पुगेका हुन् ।
ओलीको ६ बुँदेको जवाफ नेपाल समूहले लिखित रुपमा नै दिने निर्णय लिएको थियो । ओलीले सर्वाेच्चमा गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समुहले नमान्ने निष्कर्ष निकालेपछि नेपाल देउवा निवास पुगेका हुन् ।
प्रतिनिधिसभा विघटनको निर्णय बरु ओलीले फिर्ता लिनु पर्ने, आफूहरूले लोकतनत्र, व्यवस्था र संविधानको रक्षाका लागि अदालतमा हस्ताक्षर गर्न पुगेकाले फिर्ता नलिने नेपाल समूहले बताएको छ ।
ओलीको वक्तव्यले एमालेको माधव नेपाल समूहभित्र तरंग पैदा गरिरहेका बेला आफ्नो विचार समूहको बैठक सकेर देउवा निवासमा नेपाल पुग्नु र देउवासाग एक चरण छलफल गरेर बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि दोहोर्याएर पुग्नुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेताहरुका बीचमा अबको रणनीतिका विषयमा केन्द्रीत रहेर छलफल भइरहेको बताइएको छ ।
















C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया