अनलाइन ठगी कार्यमा संलग्न पक्राउ
मेरोन्यूज
२०७८ जेठ २४ गते १७:५५

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये निरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त/निवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया