आइतबार, चैत २२, २०८२

अनलाइन ठगी कार्यमा संलग्न पक्राउ

मेरोन्यूज २०७८ जेठ २४ गते १७:५५

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये निरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त/निवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया