मुख्यमन्त्रीकाे विपक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम प्रदेशकाे निर्देशन

काठामडाैं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलाेचन भट्टकाे विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेश संसदीय बाेर्डलाई निर्देशन दिएकाे छ ।
प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आज संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई उक्त निर्देशन दिएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासकाे मत लिँदै छन् । प्रदेश सरकारलाई दिएकाे समथर्न फिर्ता लिँदै सरकारबाट फिर्ता हुन पार्टी केन्द्रले दिएकाे निर्देशन लत्याउँदै प्रदेश संसदीय बाेर्डले मुख्यमन्त्रीलाई समर्थन कायम राख्ने निर्णय गरेकाे थियाे ।
अहिले सुदूरपश्चिम सरकारमा एमालेकाे माधवकुमार नेपाल पक्षका सांसद मन्त्री बनेका छन् ।
५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।
एमालेका २४ सांसदमध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे उनले विश्वासकाे मत प्राप्त गर्नेछन् ।
कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया