माओवादीमा फर्कने हल्ला सत्य होइन – टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (एमाले) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफू माओवादीमा फर्कने हल्लामा कुनै सत्यता नरहेको प्रस्ट पारेका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेको बताएका हुन् ।
मिति:२०७८/०२/२४
प्रेस विज्ञप्ती पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ । सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।
क. टोपबहादुर रायमाझी
नेकपा एमाले स्थायी कमिटी सदस्य















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया