नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ

काठमाडौं । काठमाडौंको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ ।
यसरी नक्कली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका छन् ।
नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्दै आएका अन्य दुई जना भने भाग्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भारत घर भई थानकोट बस्ने रोशन जैसवालले अवैधरूपमा विभिन्न कम्पनीको नाम तथा लोगो राखी गुणस्तरहीन हेण्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा जाँदा एक जना पक्राउ परेका हुन् । उनको साथबाट पाँच लिटर, ५०० र १०० मिलीलिटरका समेत गरी २०० कार्टुन स्यानिटाइजर बरामद गरिएको छ ।
यस्तै श्रेष्ठसँगै भारत घर भएका जैसवालले स्थानीयवासी राजु महर्जनको घरको कोठा भाडामा लिई भारतको श्रीनाथ हरबल एण्ड कस्मेटिक इण्डष्ट्री प्रालिको नाममा कम्पनी दर्ता गरी अवैधरूपमा विभिन्न उद्योगको कस्मेटिक सामानसमेत उत्पादन गर्दै आएको फेला परेको छ ।
उक्त घरमा कस्मेटिकको सामान गोदाम गरेर राखेको पाइएकाले वाणिज्य विभागसँगको समन्वयमा सोमबार सिल गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
स्यानिटाइजर र कस्मेटिक कम्पनी खोली अवैधरूपमा भारतीय ब्राण्डका नक्कली सामान उत्पादन गर्ने भारतीय नागरिक जैसवाल र राजन जैशवाल फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया