सुदूरपश्चिम प्रदेशमा मतदान प्रक्रिया सुरू
मेरोन्यूज
२०७८ जेठ २५ गते १२:२२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सम्बोधनपछि मतदान प्रक्रिया सुरू भएको छ । यसअघि प्रदेश सभामा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका थिए ।
सुदूरपश्चिम प्रदेश सभामा सम्बोदन गर्दै उनले आफूलाई विश्वासको मत दिन सांसदसँग आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उनले सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने भएकाले यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध रहेका बताए । उनले आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको बताए ।
उनले भने, ‘सबैले मलाई विश्वासको मत दिनुस्, म सबै माननीयहरूको सुझावका आधारमा साझा एजेन्डा बनाएर काम गर्नेछु ।’
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया