मुख्यमन्त्री भट्टलाई मत दिने माधव नेपाल पक्षका सांसदलाई कारबाही हुने

काठमाडौँ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा विश्वासको मत दिने नेकपा एमालेका प्रदेशसभा सदस्यालाई कारबाही हुने भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलले भट्टलाई विश्वासको मत दिने सांसदलाई कारबाही गरिने बताएका हुन् ।
‘पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनेलाई कारबाही गरिने छ,’ सचिव रावलले भने, ‘पार्टीको निर्देशनविपरीत जानेलाई कारबाही हुन्छ, त्यसका लागि केन्द्रमा सिफारिस गरिने छ ।”
मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन् । एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको थियो ।
तर, केन्द्रको निर्देशनविपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्नुका साथै नेता माधव नेपाल पक्षले भट्टको मन्त्रिपरिषद्मा मन्त्री थप गरेको थियो ।
त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले स्पष्टीकरणको जवाफ पनि दिएका छन् । तर, पाटीले कारबाही गरेको छैन ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया