मुख्यमन्त्री भट्टलाई मत दिने माधव नेपाल पक्षका सांसदलाई कारबाही हुने

काठमाडौँ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा विश्वासको मत दिने नेकपा एमालेका प्रदेशसभा सदस्यालाई कारबाही हुने भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलले भट्टलाई विश्वासको मत दिने सांसदलाई कारबाही गरिने बताएका हुन् ।
‘पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनेलाई कारबाही गरिने छ,’ सचिव रावलले भने, ‘पार्टीको निर्देशनविपरीत जानेलाई कारबाही हुन्छ, त्यसका लागि केन्द्रमा सिफारिस गरिने छ ।”
मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन् । एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको थियो ।
तर, केन्द्रको निर्देशनविपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्नुका साथै नेता माधव नेपाल पक्षले भट्टको मन्त्रिपरिषद्मा मन्त्री थप गरेको थियो ।
त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले स्पष्टीकरणको जवाफ पनि दिएका छन् । तर, पाटीले कारबाही गरेको छैन ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया